चितवन, १६ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई सोमबार अपराह्न करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

टोलीले लास जाँच तथा मुचुल्का तयार गर्नेलगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।