जनकपुरधाम, १६ जेठ । धनुषा प्रहरीले एक फरार प्रतिवादीलाई ५ वर्षपछि पक्राउ गरेको छ ।

जुवा मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ बर्षीय कैलाश चौधरीलाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको हो ।

अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका चौधरीलाई जनकपुरधाम–१ स्थित रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा चौधरीलाई ५० हजार जरिवाना तोक्ने फैसला गरेको थियो । अदालतको फैसलापछि चौधरी फरार भएका थिए ।