मेयर बालेन्द्र शाहले प्रधानसेनापति शर्मासँग गरे भेटवार्ता

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति महारथि शर्मासँग जंगीअड्डा पुगेर नगरप्रमुख शाहले भेटवार्ता गरेका हुन् ।
उनले शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् ।
भेटको क्रममा मेयर शाहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्याएको योगदानको समेत प्रशंसा गरे ।
भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । दुई जनाबीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमत भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


