काठमाडौं, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तारा एअरको विमान दुर्घटनाका कारण आफू मर्माहत भएको बताएका छन् ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि १९ यात्रु लिएर उडान भरेको तारा एयरको विमान दुर्घटनाको खबर सुनेपश्चात आफू मर्माहत भएको ओलीले बताएका हुन् ।

सामाजिक सन्जाल ट्विटरमा लेख्दै ओलीले मुस्ताङको थसाङमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले आफू अत्यन्त मर्माहत भएको लेखेका हुुन् ।

साथै उनले दुर्घटनामा ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली अर्पण गरेका छन्, विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

आइतबार पोखराबाट जोमसोमका लागि उडान भरेको विमानमा चालका दलका ३ सदस्यसहित २२ जना सवार थिए ।