प्रधानमन्त्री देउवाले दिए मृतक परिवारलाई समवेदना

काठमाडौं, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडान भरेको दुर्घटनामा परेको तारा एअरको विमानबारे प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सन्जाल ट्विटरमा उनले दुर्घटनामा ज्यान गुमाउने विमान चालक दलका सदस्य तथा यात्रुहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेका छन् ।
आइतबार जोमसोमका लागि उडान भरेको विमान उडानको १२ मिनेटपछि दुर्घटनामा परेको थियो । विमानमा २२ जना सवार थिए ।
सबैको निधन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


