तारा एअर : दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन

काठमाडौं, १६ जेठ । आइतबार पोखराबाट जोमसोमका लागि उडान भरेको दुर्घटनाग्रस्त तारा एअरको विमानको दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा यो समिति गठन गरेको हो ।
आयोगका सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछानेर रहेका छन् ।
यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिए ।
आइतबार जोमसोमका लागि उडान भरेको विमानमा ३ चालक दलका सदस्यसहित २२ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


