दुर्घटनाग्रस्त तारा एअर : २१ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौं, १६ जेठ । दुर्घटनाग्रस्त तारा एअरमा सवार २१ यात्रुको शव फेला परेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये २१ जनाको शव फेला परेको हो ।
थप एक जनाको शव खोजी जारी रहेको बताइएको छ । फेला पारिसकिएका शवहरुको पनि पहिचान हुन सकेको छैन ।
नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार तीमध्ये १० जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।
आइतबार पोखराबाट उडान भरेको तारा एयरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


