काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि सवारीसाधन खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए ।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।

सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको अर्थमन्त्री शर्माले बताए ।