सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोशाक लगाउनुपर्ने

काठमाडौ, १५ जेठ । सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोशाक लगाउनुपर्ने व्यवस्था गरिनेछ ।
आगामि आर्थिक वर्षका लागि बजेट भाषणमा सरकारले यस्तो घोषणा गरेको हो ।
बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


