काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष पनि सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने भएको छ । यसका लागि सरकारले १३ अर्ब बढी बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट भाषण गर्दै भने ’सहुलियत कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’