सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन साहको प्रस्ताव

सर्लाही, १४ जेठ । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सचेतक साहले सर्लाहीको मूर्तियासहितका स्थानमा थुप्रै जमिन रहेकाले सोही स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।
उनले निजगढमा विमानस्थल बनाउँदा वन मासिने भएकाले आफूले पहिले नै विरोध जनाएको बताए ।
अहिले सर्वोच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ ।
निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


