साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको मृत्यु

दाङ, १४ जेठ । दाङमा सिकार खेल्न गएका एक युवकको बन्दुकको गोली लागेर मृत्यु भएको छ । साथीले बोकेको बन्दुक पड्किँदा उनको मृत्यु भएको हो ।
बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किँदा लमही–१ का भागबहादुर पुनको मृत्यु भएको हो ।
उनी शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । पुनको घाटीमा गोली लागेको थियो ।
उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


