स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लड्यो : अध्यक्ष लिङ्देन

विराटनगर, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको बताएका छन् ।
मोरङको विराटनगरस्थित विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे ।
अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमालेले राप्रपालाई हेप्ने गरेकाले राप्रपा पनि आवश्यक छ भन्ने सन्देश दिनका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे ।
राष्ट्रको परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलित हुनुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल परराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुन सक्नेतर्फ सचेत रहन आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


