दुर्घटनामा परेपछि रेनुको टाउकोमा टाँका, स्वास्थ्य अवस्था खतरामुक्त

चितवन, १३ जेठ । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहालको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा उनी सवार गाडी दुर्घटनामा परेको थियो ।
त्यहाँबाट पुल्चोकमा रहेको सुमेरु अस्पताल पुर्याइएकी दाहालको टाउकोमा टाँका लगाइएको छ ।
टाउकोमा टाँका लगाइएको भए पनि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।
मेयर दाहाल सवार सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार जावलाखेलमा दुर्घटनामा परेको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


