काठमाडौं, १३ जेठ । व्यापारीलाई धम्काएर ७ करोड रुपैयाँ माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

उनीहरुलाई व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

उनीहरुमाथि ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ ।