बागमती प्रदेशमा सोमबार नीति तथा कार्यक्रम टेबल हुने

हेटौंडा, १३ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।
त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूची तय भएको छ ।
जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


