निजगढ विमानस्थल बनाउने योजनामा रोक लागाइनु बिडम्बनापूर्ण : ठाकुर गैरे

काठमाडौं, १२ जेठ । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले सर्वोच्च अदालतले बुधबार गरेको फैसला बिडम्बनापूर्ण रहेको बताएका छन् ।
बुधबार सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने फैसला गरेको थियो । सो फैसलाप्रति टिप्प्णी गर्दै गैरेले विडम्बनापूर्ण भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निजगढमा अन्तरास्ट्रिय विमानस्थल बनाउने योजनालाइ सर्बोच्च अदालतको फैसला मार्फत रोक लागाइनु बिडम्बना पुर्ण छ ।’
निजगढमा विमानस्थल बनाउने योजना तत्कालीन पर्यटनमन्त्री एवं एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीको पालामा सुरु भएको थियो । उनको योजनालाई त्यसपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले अघि बढाएका थिए ।
बुधबार सर्वोच्चले विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न परमादेश जारी गरेपछि निजगढ विमानस्थलको योजना तुहिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


