काठमाडौं, १२ जेठ । प्रहरीले ललितपुरबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ललितपुर महानगरपालिका वडा नम्बर–८ बाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए ।