गरुडा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी

रौतहट, १२ जेठ । रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेको तर्फबाट प्रमुखमा कन्थमनीप्रसाद कलवार मेयरमा निर्वाचित भएका हुन् ।
उनी नेकपा एसका बृज किशोरप्रसाद यादवलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भए । कलवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादवले ४ हजार ५ सय २५ मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसी उम्मेदवार पुनम कुमारी चौधरी विजयी भइन् । उनी जसपाकी विन्दुकुमारी देवीलाई २ हजार २ सय २६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।
चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत पाइन् । योसँगै एमालेले रौतहटमा तीनवटा पालिकामा जित हात पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


