मूल्यवृद्धि विरुद्धको आन्दोलन गरिरहेका अनेरास्ववियुका नेताहरू हेटौंडाबाट पक्राउ

हेटौंडा, १२ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन गरिरहेका अनेरास्ववियुका नेताहरूलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, मकवानपुर जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिनालगायत रहेका छन् । विद्यार्थी नेताहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष विशाल पौडेलले खेद व्यक्त गरेका छन् ।
अध्यक्ष पौडेलले शान्तिपूर्ण प्रदर्शनमाथिको प्रहरी हस्तक्षेप निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका साथीहरूको निर्शत अबिलम्ब रिहाइको लागि प्रशासन समक्ष अपील गरेका छन् । नेताहरूलाई तत्काल रिहाइ नगरे उत्पन्न हुने परिस्थितिको हेक्का राख्न चेतावनी समेत दिएका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियुले आन्दोलन गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


