रुपन्देही, ११ जेठ । लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमद र गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराई रहेकी छन् ।

चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।