पार्टीभित्रको अन्तर्घातका कारण स्थानीय तहको निर्वाचन हारेको एमालेको निष्कर्ष

काठमाडौं, ११ जेठ । नेकपा एमालेले पार्टीभित्रको अन्तर्घातका कारण स्थानीय तहको निर्वाचन हारेको निष्कर्ष निकालेको छ ।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तर्घात भएको बताएका हुन् ।
एमालेभित्र भएको अन्तर्घातका विषयमा बृहत् समीक्षा गर्नुपर्ने पनि बताएका थिए ।
’पार्टीभित्र समस्या देखापरेको छ । टाउको (मेयर)मा भोट नहाल्ने समस्या देखिएको छ । मेयरमा नहाल्ने अन्य ६ ठाउँमा भोट हाल्ने के समस्या हो ? अरू पार्टीका कारण होइन यसपटक एमालेमा अन्तर्घात भएका कारण हार्नु परेको हो । यस विषयमा बृहत् समीक्षा गरिनुपर्छ,’ उनले भनेका थिए ।
उनले निर्वाचन शान्तिपूर्ण नभएको पनि उनले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


