मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ

काठमाडौं, ११ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दल निकट र अन्य विद्यार्थी संगठनले इन्धनको मूल्य वृद्धिको विरोधमा बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् । १५ विद्यार्थी संगठनले उनीहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन् ।
विद्यार्थी संगठनले इन्धनको मूल्यवृद्धिको विरोधमा केही दिनयता ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । निगमले गत ३१ वैशाखमा पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २०० रुपैयाँ वृद्धि गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


