झापामा बसको ठक्करबाट म्यादी प्रहरीसहित दुई जनाको मृत्यु

झापा, ११ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।
मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए ।
दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका–८ का चिचोहाङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाश प्रहरी कर्मचारी र चिचोहाङ म्यादी प्रहरी हुन् । आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


