रौतहट, ११ जेठ । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् ।

आज सम्पन्न मतगणनामा उनी ८ हजार ६३१ मतसहित मेयरमा विजयी भएका हुन् ।

यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत ल्याए । उनी र यादवबीचको मतान्तर ५५८ रह्यो ।

उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।

रौतहटको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।