गोलबजार नगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित

सिरहा, १० जेठ । सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा एमालेका श्याम श्रेष्ठ २ हजार २०७ मतान्तरले विजयी भएका हुन् । उनले ७ हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयरसमेत रहेका माओवादी केन्द्रका देवनाथ साहले ५ हजार ७०१ मत ल्याए ।
यस्तै उपमेयरमा एमालेकै मान्ती साह २ हजार ६० मतान्तरले विजयी भएकी छन् । उनले ७ हजार ७०३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयरसमेत रहेकी माओवादीकी रेशम कुमारी थापाले ५ हजार ६४३ र कांग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत पाइन् ।
योसँगै सिरहाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


