सरकारले दुई वर्षभित्र भूमिहीनका समस्या समाधान गर्ने

काठमाडौं, १० जेठ । सरकारले आगामी दुई वर्षभित्र भूमिहीनका समस्या समाधान गर्ने भएको छ ।
मंगलबार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताइन् ।
उनले पुनःस्थापना हुन बाँकी मुक्त कमैया हलिया र कमलरी तथा मुक्त घोषणा हुन बाँकी हरुवा चरुवाका लागि तीनै तहको समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने पनि बताइन् ।
नदी, किनाराका विपन्नका लागि लक्षित कार्यक्रम ल्याइने सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


