काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् ।

विभिन्न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो ।