पर्सा, ९ जेठ । पर्साका १४ मध्ये १३ पालिकाका नवनिर्वाचित प्रमुखहरुले शपथ लिएका छन् ।

सोमबार १३ पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।

पर्सामा स्थानीय तहको निर्वाचनमा ५ वटा पालिकामा एमाले, ४ पालिकामा काँग्रेस, ३ मा जसपा र १ मा लोसपा निर्वाचित भएको छ ।वीरगञ्ज महानगरको भने मतगणना जारी रहेको छ ।

वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह जित नजिक छन् ।