धनगढीको विकासका लागि पञ्चवर्षीय योजना बनाउने मेयर हमालको पहिलो निर्णय

धनगढी, ९ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गरेसँगै उनले सोमबार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेस गरेको फाइलमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरेका हुन् ।
‘सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६/०८ देखि २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रूपमा रहने) बनाइ कार्यान्वयनमा लगिनेछ,’ निर्णयमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


