काठमाडौं, ९ जेठ । कन्सल्टेन्सी व्यवसायी तथा सौन्दर्य प्रतियोगिताक सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धन गर्न अदालतले अनुमति दिएको छ ।

उनी बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

उनीविरुद्ध एक किशोरीले भिडियोमार्फत् उनले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।