सर्लाहीको पहिलो महिला मेयर बनिन् नेकपा एमालेकी कटुवाल

सर्लाही, ९ जेठ । सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेकी कल्पनाकुमारी कटुवाल १२ हजार २७३ मतका साथ विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारसमेत रहेका निवर्तमान मेयर देवानन्द महतोले ५ हजार ६०७ मत ल्याए । कटुवालको जितसँगै जिल्लामा पहिलोपटक महिला प्रमुख विजयी भएकी हुन् ।
त्यसैगरी, उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९०१ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३१४ मत मात्र ल्याइन् ।
योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले यसपालि एक स्थानमा खुम्चिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


