रौतहट, ९ जेठ । रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल निर्वाचित भएका छन् ।

बृन्दावन नगरपालिका–६ हर्षाहा घर भएका पटेल ६ हजार १ सय १२ मतसहित मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवले ४ हजार ६७८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा एकीकृत समाजवादी पार्टीकी संगीतादेवी राम निर्वाचित भएकी छन् । उनी ५ हजार ८२५ मतका साथ बृन्दावनको उपमेयरमा निर्वाचित भएकी हुन् ।

उपमेयरमा निर्वाचित रामले ५ हजार ८२५ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत पाएकी छन् ।