सप्तरी, ८ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन् ।

मलाह ५ हजार ८५४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरेका हुन् । उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजयी भए ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन् ।