माधवनारायण नगरपालिकामा काँग्रेसका मेयर र जसपाका उपमेयर निर्वाचित

रौतहट, ८ जेठ । रौतहटको माधवनारायण नगरपालिकामा नेपाली काँग्रेसका मेयर र जनता समाजवादी पार्टीबाट उपमेयर निर्वाचित भएका छन् ।
काँग्रेसबाट बैधनाथ प्रसाद यादव कुल ४ हजार २८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार लिलाप्रसाद साहले ३ हजार ३३२ मत प्राप्त गरेका छन् भने निवर्तमान मेयर वीरेन्द्रप्रसाद यादवले ३ हजार १६९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा जसपाकी निर्मलादेवी रमन ११ मतको झिनो अन्तरले निर्वाचित भएकी छन् । रमन कुल ३ हजार १६९ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार जमुनादेवीले ३ हजार १५८ मत प्राप्त गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


