रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाका उम्मेदवारहरु विजयी

सप्तरी, ८ जेठ । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् ।
अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।
अध्यक्षमा यादवले ४ हजार २६९ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरेराम यादवले ३ हजार ८३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७१० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी बेचनीदेवी सरदारले ३ हजार ६५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


