बाबुराम भट्टराईको गृहप्रदेशमा जसपा शून्य

काठमाडौं, ८ जेठ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहप्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ ।
११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवार निर्वाचित भएका छैनन् । अध्यक्ष भट्टराई आफैँ गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए ।
२८ वैशाखअघि उनले ट्विटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे ।
गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिंगोगो प्रदेशमै पार्टीलाई शून्यमा पारे ।
गण्डकीका जिल्लामध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा (माओवादी केन्द्र)ले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।
कांग्रेसले दुई स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनको पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।
भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृहप्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ । प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहे ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ । जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


