जनकपुरधाम : २५ मध्ये २० वडाको नतिजा सार्वजनिक, ९ वडामा कांग्रेस, ७ मा एमाले, दुईमा स्वतन्त्र, एकमा लोसपा र एकमा तमलोपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम, ८ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये २० वडाको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये ९ वडामा कांग्रेस, ७ मा एमाले, दुईमा स्वतन्त्र, एकमा लोसपा र एक वडामा तमलोपाका उम्मेदवार निर्वाचित भएका छन् ।
वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् भने वडा नम्बर–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरि विजयी भइसकेका छन् ।
वडा नम्बर–७ मा नेपाली काँग्रेसका उम्मेदवार निरज साह (मुन्ना) प्यानलसहित निर्वाचित भएका छन् ।
साह ७६४ मतको फराकिलो अन्तरले निर्वाचित भए । साहले १०५९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नाजिर हुसैन २९५ मतमा सिमित भए । त्यस्तै, लोसपाका रामबाबु साहले २३५ मत ल्याए ।
त्यस्तै, वडा नम्बर–८ मा नेकपा एमालेका उम्मेदवार दिनेश सिंह निर्वाचित भएका छन् ।
सिंह ५४७ मतको फराकिलो अन्तरले निर्वाचित भए । सिंहले ९०६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र शर्मा ३५९ मतमा सिमित भए ।
वडा नम्बर–९ नेपाली कांग्रेसका परमेश्वर साह दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
साहले ३५६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका बलिराम साहले ३१७ मत मात्र पाएका छन् ।
वडा नम्बर–१० मा स्वतन्त्र उम्मेदवार मिथिलेश लाल कर्ण दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
कर्णले २८८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका प्रशान्त अरविन्दले २८० मत पाएका छन् ।
वडा नम्बर–११ मा नेपाली कांग्रेसका अर्जुन कुमार चौधरी निर्वाचित भएका छन् ।
चौधरीले ४२७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामचन्द्र साहले २५९ मत मात्र पाएका छन् ।
वडा नम्बर–१२ मा नेकपा एमालेका महेन्द्र साह तेली निर्वाचित भएका छन् ।
उनले ५३५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका सुनिल कुमार श्रेष्ठले ५२० मत मात्र पाएका छन् ।
वडा नम्बर–१८ मा नेकपा एमालेका लक्ष्मेश्वर मण्डल केवट निर्वाचित भएका छन् ।
उनले ८६५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामशंकर पासवानले ८०३ मत मात्र पाएका छन् ।
वडा नम्बर–१९ मा नेकपा एमालेका विनोद कुमार साह निर्वाचित भएका छन् ।
उनले १ हजार ७८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका जगदिश यादवले ८५४ मत मात्र पाएका छन् ।
वडा नम्बर–२० मा पनि नेकपा एमालेका मोती राइन कवारी निर्वाचित भएका छन् ।
उनले ६७९ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र साहले ५६५ मत मात्र पाएका छन् ।
त्यस्तै, वडा नम्बर–२१ मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका राज नारायण साहले १ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयप्रकाश महासेठले १ हजार २६८ मत पाएका छन् ।
वडा नम्बर–२२ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार बिमलेश मिश्र प्यानलसहित निवाएचित भएका छन् ।
मिश्र ७२ मतको अन्तरले निर्वाचित भएका छन् । मिश्रले २४५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार नागिन्द्र मण्डल १७३ मतमा सिमित भए ।
वडा नम्बर–२३ मा स्वतन्त्र उम्मेदवार राघवेन्द्र प्रसाद साह ८४१ मत ल्याएर निर्वाचित भइसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका रामनन्दन साहले ७५१ मत ल्याएका छन् ।
त्यस्तै, वडा नम्बर–२४ मा नेकपा एमालेका उम्मेदवार उपेन्द्र सहनी १ हजार १४४ मत ल्याएर निर्वाचित भइसकेका छन् ।
वडा नम्बर–२५ मा नेपाली काँग्रेसका उम्मेदवार चन्देश्वर साह प्यानलसहित निर्वाचित भइसकेका छन् । साह ७०६ मत ल्याएर विजयी भएका छन् ।
अहिले वडा नम्बर–१३, १६ र १७ को मतगणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


