सुर्खेत, ८ जेठ । सुर्खेतका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत एवं न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले सुर्खेतका सबै स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

जिल्लामा कुल नौवटा स्थानीय तह छन् । सुर्खेतका गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका, बराहताल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका र चिंगाड गाउँपालिकामा नेकपा कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित छन् । चौकुने गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ ।