काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।

उनलाई तेस्रो स्थानमा रहेकी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले उछिनेकी हुन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रस्थान भने कायम नै छ ।

९६ हजार ६४९ मत गन्दा सिर्जनाको १९ हजार १४९ मत आएको छ भने स्थापितले १९ हजार १४९ मत ल्याएका छन् । सिर्जना ३६ मतले स्थापितभन्दा अगाडि छन् ।

पहिलो स्थानमा रहेका बालेनको भने फराकिलो मतान्तर रहेको देखिन्छ । उनले ३४ हजार ९४८ मत ल्याएका छन् । अहिले काठमाडौं महानगरका ९ वटा वडाको मतगणना जारी छ ।