कटहरियाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

रौतहट, ७ जेठ । रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका अजय प्रकाश २ हजार ५९५ मतान्तरले विजयी भए । उनले ७ हजार १७२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सियारामप्रसाद कुशाहाले ४ हजार ५७७ पाएका छन् । त्यस्तै, माओवादीका नसरुदिन अन्सारीले ३ हजार ४४० मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि कांग्रेसकै रीता देवी ७ हजार ५२० मतका साथ विजयी भइन् । उनकी निकटतम् प्रतस्पर्धी एमालेकी कुन्ती देवीले ४ हजार ५३७ मत पाइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


