बुटवल, ७ जेठ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन् । उपप्रमुखमा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् ।

अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ ल्याए ।

त्यस्तै, उपप्रमुखमा एमालेकी सावित्रा अर्याल २४ हजार ९०४ मतका साथ विजयी भएकी हुन् । उनीसँग पराजित गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे ।

१९ वटा वडा रहेको बुटवलमा पाँचवटा वडामा एमाले विजयी हुँदा १३ वटा वडामा गठबन्धन विजयी भएको छ । बुटवलमा ६२ हजार ९७५ मत खसेको थियो ।