विराटनगर, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव भारी मतले पराजित भएका छन् ।

पाँचदलीय गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका अमरेन्द्र ११ हजार ४६१ मतको भारी अन्तरले पराजित भएका हुन् ।

नेकपा एमालेकी शिल्पा निराला कार्कीले ११ हजार ४६१ मतले अमरेन्द्रलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी छन् ।

कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्र प्राप्त गर्न सकेका छन् ।

बिराटनगरको मेयरमा भने पाँचदलीय गठबन्धनबाट नेपाली काँगेसका नागेश कोईराला विजयी भएका छन् ।

उनी ८ हजार ७१५ मतान्तरसहित निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर थापालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

कोइराला ३० हजार १७० मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ४५५ मत मात्र प्राप्त गर्न सके ।

विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो ।

पाँचदलीग गठबन्धन हुँदा काँग्रेसको भागमा विराटनगर महानगरको मेयर परेको थियो भने जसपाको भागमा उपमेयर परेको थियो ।