जनकपुरधाम, ६ जेठ । महोत्तरीको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका राम नाथ यादव ३ हजार ८९३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिम प्रसाद यादवले २ हजार ५८२ मत पाएका छन् ।

त्यस्तै, लोसपाका शेष अनवारुल हकले २ हजार १६९ मत मात्र पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि जसपाकै अनिता कुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी मिनाक्षी कुमारीले १ हजार ७३७ मत पाएकी छन् ।

सम्सी गाउँपालिकाको ७ मध्ये ३ मा कांग्रेस, १ मा स्वतन्त्र, २ मा जसपामा, १ मा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।