रामगोपालपुर नगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित

जनकपुरधाम, ६ जेठ । महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा एमालेका राम दुलार साह ५ हजार ३४९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अशोक कुमार मण्डलले ३ हजार ५८६ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका रघुनाथ प्रसाद यादवले २ हजार ५३३ मत मात्र पाएका छन् ।
यस्तै उपमेयरमा पनि एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन् । उनले ४ हजार २६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहाले ३ हजार ४०३ मत ल्याएकी हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी सीता देवी साहले ३ हजार २५१ मत पाएकी छन् ।
रामगोपालपुर नगरपालिकाको ९ मध्ये ४ मा माओवादी केन्द्र, ३ मा एमाले, १ मा कांग्रेस र १ मा लोसपाका उम्मेदवारहरु जितेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


