जनकपुरधाम, ६ जेठ । महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका दीप नारायण मण्डल ४ हजार ४९९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका रामछविला साहले २ हजार ४११ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका विरजु महतो नुनियाले १ हजार ७२७ मत मात्र पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि जसपाकी महजबी खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ६७१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रौकसाना खातुनले २ हजार ७६ मत ल्याएकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसकी रामकली महासेठले १ हजार ५७६ मत मात्र पाउन सकेकी छन् ।

एकडारा गाउँपालिकाको ६ मध्ये ४ वडामा जसपा र २ मा लोसपाका उम्मेदवारहरु जितेका छन् ।