सोनमा गाउँपालिकामा लोसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जनकपुरधाम, ६ जेठ । महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।
अध्यक्षमा लोसपाका विशेश्वर प्रसाद यादव ४ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोखुल राय यादवले २ हजार ९८६ मत पाएका छन् ।
त्यस्तै, जसपाका राज कुमार यादवले २ हजार ६६४ मत मात्र पाएका छन् ।
यस्तै उपाध्यक्षमा लोसपाकी जहिदा खातुन निर्वाचित भएकी छन् । उनले ३ हजार २९८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजिता देवी यादवले ३ हजार २४३ मत ल्याएकी हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका दामोदर प्रसाद साहले ४ हजार ४४० मत मात्र पाउन सकेका छन् ।
सोनमा गाउँपालिकाको ८ मध्ये १ वडामा जसपा, ३ मा लोसपा, एकमा जनमत र ३ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


