जनकपुरधाम, ६ जेठ । महोत्तरीको बलबा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा लोसपाका राम विजय महतो ५ हजार ७८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार यादवले ४ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, जसपाका धिरेन्द्र प्रसाद यादवले २ हजार ३०९ मत मात्र पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रामदुलारी देवी निर्वाचित भएकी छन् । उनले ५ हजार १०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रेखा कुमारीले ५ हजार ८१ मत ल्याएकी हुन् ।

त्यस्तै, जसपाकी भारती कुमारी साहले २ हजार ४९० मत मात्र पाउन सकेकी छन् ।

बलबा नगरपालिकाको ११ मध्ये ४ वडामा कांग्रेस, ३ वडामा जसपा, ३ मा लोसपा र एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।