जनकपुरधाम, ६ जेठ । महोत्तरीको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा लोसपाका प्रदिप कुमार खड्का ६ हजार ६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार यादवले ५ हजार ७४७ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका सरोज कुमार रायले ४५१ मत मात्र पाएका छन् ।

यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भएकी छन् । उनले ५ हजार ८०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेखा यादवले ५ हजार ६०५ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी राधा कुमारी खतिवडाले ५२३ मत मात्र पाउन सकेकी छन् ।

औरही नगरपालिकाको ९ मध्ये ५ वडामा लोसपा र ४ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।