सप्तरी, ६ जेठ । सप्तरीको राजविराज नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव विजयी भएका छन् । उनी ९ हजार ५४ मतका साथ मेयरमा विजयी भएका हुन् ।

यादवका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७१८ मत प्राप्त गरे । उपमेयरमा जसपाकै इसरत प्रवीण ६ हजार ७९६ मत प्राप्त गरी निर्वाचित भइन् ।

उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २३० मत प्राप्त गरिन् । इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।